images
images

मध्यपुरका तीनवटै वडामा काँग्रेसका उम्मेदवार विजयी


  • 546
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    मध्यपुरका तीनवटै वडामा काँग्रेसका उम्मेदवार विजयी

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मतगणना सम्पन्न भएका तीनवटै वडामा काँग्रेसका उमेदवार बिजयी  भएका छन । पछिल्लो मत परिणाम अनुसार नगरपालिकाको वडा नं. ३ को वडाध्यक्षमा कृष्णहरि आचार्य विजयी  भएका हुन । 

    भर्खरै सम्पन्न मतपरिणामअनुसार आचार्यले उनका निकटतम प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतले  पराजित गरेका हुन् । सो वडाका तीन सदस्यमा कांग्रेसले जित हात पारेको छ भने एक सदस्यमा एमाले उमेदवार बिजयी भएका छन् ।

    यसअघि कांग्रेसले १ र २ वडामा पनि विजय हासिल गरिसकेको छ । मध्यपुर थिमि–१ को वडाअध्यक्षमा काँग्रेसका बाबुकाजी डंगोल र २ वडामा श्रीकृष्ण श्रेष्ठ विजयी भइसकेका छन् । अहिले नगरको वडा नं. ४को मतगणना शुरू भएको छ । 

    यसैबीच मध्यपुर थिमि नगर प्रमुखमा काँग्रेसका सुरेन्द्र श्रेष्ठले अग्रता बढाएका छन् । तीन वडाको गणना सकिदा श्रेष्ठले ४८११ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका मदन शुन्दर श्रेष्ठले ३०९० मत ल्याएर पछ्याउँदै छन् । 

    त्यसैगरी उप प्रमुखमा एमालेकी उत्तरा नेपालले अग्रता लिएकी छिन । नेपालले ३५६९ मत ल्याएकी छिनभने उनका प्रतिस्पर्धी गठबन्धनका उमेदवार माओवादी केन्द्रका बिजय श्रेष्ठले २८९१ मत पाएका छन् ।


    images
    images

    Logo