images
images

बूढानीलकण्ठ–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी


  • 702
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    बूढानीलकण्ठ–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार आकाश धितालले ५ सय १२ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र खड्काले ४ सय ७४ मत प्राप्त गरे । उक्त वडामा एक स्वतन्त्रसहित पाँच राजनीतिक दलले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

    यस्तै, खुला वडा सदस्य पदमा एमालेका उम्मेदवारद्वय विक्रमराज श्रेष्ठ ६ सय १०, विकास तामाङ लामा ६ सय १४ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार बालमाया श्रेष्ठले ५ सय ५४ र दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुशीला रम्तेल ५ सय ७९ मत ल्याई विजयी भएका निर्वाचन अधिकृत भट्टराईले बताइन् । 

    कूल ४८ हजार ३ सय ४ मतदाता रहेको बूढानीलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । उक्त नगरपालिकामा १३ वडा रहेका छन् । 


    images
    images

    Logo