भक्तपुर । चाँगुनारायण नगरपालिकाका दुई वडामा नेपाली काँग्रेसका उमेदवार बिजयी भएका छन् । नगरपालिकाको १ र २ नं. वडामा काँग्रेसले जित हात पारेको हो ।
वडा नं. २ को वडा अध्यक्षमा सोम प्रधान बिजयी भएका छन् । प्रधानले १हजार ५२ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धीले १ हजार २० मत पाएका छन् । सो वडामा दुई सदस्य काँग्रेसले जितेको छ भने दुई जना एमालेको पोल्टामा परेको छ ।
त्यसैगरी वडा नं।.१ को वडा अध्यक्षमा कांग्रेसका सिजन कार्की बिजयी भएका छन् । कार्कीले १ हजार २ सय २५ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इश्वर थापाले १ हजार २ सय १३ मत पाए ।
यसअघि घोषणा भएका भक्तपुरको मध्यपुर थिमिका दुई वडा अध्यक्ष काँग्रेसले जितेको छ भने सुर्यविनायकको एउटा वडामा एमाले बिजयी भएको छ ।