काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपा सहितको गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामकुमार थापाले ३०२७ मत ल्याउँदा एमालेकी गीताकुमारी पौडेलले २७४५ मत ल्याएकी छिन् ।
उपमेयरतर्फ नेपाली काँग्रेसकी रेगिना भट्टराईले २९१३ मत ल्याउँदा एमालेका अम्बिकाप्रसाद खनालले २७१३ मत प्राप्त गरेका छन् ।