काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको भन्दै नेकपा एमालेले आरोप लगाएको छ । आइतबार एमाले महासचिव शंकर पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।
नेकपा एमालेले गठबन्धनले निर्वाचन शुरु हुनुअघि,मतदान समयमा र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेको आरोप लगाएका छन् । गठबन्धनले आफु जित्नका लागि धाँधलीको साहारा लिएका पनि भनेको छ ।
विज्ञप्तिद्वारा महासचिव पोखरेलले सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत उल्लेख गरेका छन् । एमाले केन्द्रीय कार्यालयले र सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका निवेदन अनुसार पुनः मतदान र मतगणना गराउन समेत एमालेले आग्रह पनि गरेको छ ।