काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कडा टक्कर परेको छ । अहिलेसम्म ४ हजार ८ सय ७७ मत गनिएकोमा रेनु दाहालले ८० मतले अगाडि लागेकी छिन् ।
अहिलेसम्मको गणना अनुसार रेनु दाहालले १ हजार ७ सय २७ मत पाएकी छन्। भने विजय सुवेदीले १ हजार ६ सय ४७ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका बागी जगन्नाथ पौडेलले ५ सय ७९ मत ल्याएका छन्।