काठमाडौँ । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई पछि पार्दै एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता हसिल गरेका छन् ।
पछिल्लोमतगणना अनुसार रेनु दाहालको १ हजार ५ सय ४१ मत आएको छ भने विजय सुवेदीले १ हजार ६ सय ११ मत पाएका छन् ।
त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५ सय ३७ मत पाएका छन् ।