काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले २ हजार १ सय ३९ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का केशव स्थापितले १ हजार १ सय ९९ र नेपाली कांग्रेसका सिर्जना सिंहले १ हजार ५७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ सय ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २ सय ३३ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले २ हजार २ सय ३२, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ६ सय ४७ र राप्रपाका बिनिता मगैयाले ५ सय ४० मत प्राप्त गरेकी छन् ।काठमाडौं महानगरपालिका वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।
मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ । काठमाडौं महानगरपालिका वडा नं ३१ को गणना शुरु गरिएको छ । वडा नं ३२, १, २, ३ र ४ को गणना अन्तिम चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने कार्यालयले जनाएको छ ।



