काठमाडौँ । भक्तपुर नगरपालिकाले विद्यालयहरुमा २ दिन बिदा नदिने निर्याय गरेको छ । आइतबार नगरपालिकाले सुचना जारी गर्दै उक्त निर्णय गरेको हो ।
सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपनि भक्तपुर नगरपालिकाले आइतबार बिदा नदिने भएको छ । सोही अनुसार सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएको छ । नगरपालिकाले अर्को सुचना नआएसम्मका लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न आग्रह समेत गरेको छ ।