images
images

भरतपुर महानगर–१मा  गठबन्धन विजयी, मेयरमा रेनुको अग्रता कायम


  • 393
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    भरतपुर महानगर–१मा  गठबन्धन विजयी, मेयरमा रेनुको अग्रता कायम

    काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार  नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । महर्जनले १ हजार ३ सय ९० मत प्राप्त गरेकामा उनका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले १ हजार ३ सय १३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    उक्त वडामा ३ हजार २ सय ७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार  नेकपा माओवादी केन्द्रकी रेनु दाहालको  अग्रता कायम छ ।  उनले उक्त वडामा १ सय २१ मतले अग्रता लिएकी छिन् । दाहालले १ हजार २सय ८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका विजय सुवेदीले १ हजार ८७ मत प्राप्त गरेका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ सय ३० मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३ सय ६२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८ सय ७७ मत पाएका छन्। 

    महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।


    images
    images

    Logo