काठमाडाैं । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेकपा एमालेले आफ्नो खाता खोलेको छ । मण्डनदेउपुर नगरपालिका वडा नं.१ को वडाध्यक्षमा एमालेका शिवप्रसाद ढकाल विजयी भएका छन् ।
एमालेका शिवप्रसाद ढकालले उनका निकटतम प्रतिस्पर्धि कांग्रेसका बुद्धिमान तामाङलाई ४ मतले अन्तरले पराजित गर्दै बिजयी हुन सफल भएका छन् । मण्डनदेउपुर नगरपालिका १ मा यसअघिको निर्वाचनमा पनि एमाले नै निर्वाचित भएको थियो ।
अहिलेसम्म वडा नम्बर १ र २ मा मतगणना सकिएको छ। जसमध्ये वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्लको टिम विजयी भएको थियो ।
त्यस्तै मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा अगाडि छन् । उनलाई एमालेका विदुर सापकोटाले पछ्याइरहेका छन्।