काठमाडौं । सुर्यविनायक नगरपालिका – १ मा एमालेका सानुकाजी कायस्थ बिजयी भएका छन् । सुर्यविनायक नगरपालिकामा १ सिरुटारमा सानुकाजी विजय भई नेकपा एमालेले आफ्नो खाता खोल्न सफल भएकाे हाे ।
नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय १० मत ल्याएर विजय हासिल गरेका छन् । नेपाली कांग्रेसले ८ सय ९९ मत ल्याएका छन् । यस अघिको स्थानीय तहको निर्वाचनमा पनि सिरुटारको वडा अध्यक्ष सानुकाजी कायस्थ नै निर्वाचित भएका थिए ।
प्रारम्भिक नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार निसान ढुङ्गेल अगाडी छन् भने उपमेयरमा नेकपा एमालेका उम्मेदवार सरिता तिम्सिना भट्टराई अगाडी छिन् ।