images
images

ललितपुर महानगरपालिका–१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी


  • 637
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    ललितपुर महानगरपालिका–१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

    ललितपुर । ललितपुर महानगरपालिका वडा नं१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६ सय ६१ मत प्राप्त गरी विजयी भएका छन् । 

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४ सय २५ मत प्राप्त गरेका छन् । नगर प्रमुखमा  कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ । 

    कांग्रेसका उम्मेदवार महर्जनले ८ सय ७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४ सय २ मत पाएका छन् । उपप्रमुखमा एमालेका शाक्यले ४ सय ४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १ सय ८१ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेका छन्


    images
    images

    Logo