images
images

चन्द्रागिरिमा काँग्रेसको अग्रता :  वडा नं १ मा काँग्रेस र २ मा माओवादी  विजयी


  • 471
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    चन्द्रागिरिमा काँग्रेसको अग्रता :  वडा नं १ मा काँग्रेस र २ मा माओवादी  विजयी

    काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेस र वडा नं २ मा  नेकपा (माओवादी केन्द्र ) विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा  काँग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक हजार १ सय २१  विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र केसीले १ हजार ५७ मत प्राप्त गरे ।यस्तै, चन्द्रागिरि –२ को वडाध्यक्षमा माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले ९ सय ४९ मत प्राप्त विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङले ७ सय २५ मत प्राप्त गरे ।

    चन्द्रागिरि नगर प्रमुखमा  काँग्रेसले अग्रता लिएको छ । नगरपालिकाभित्रका ५ हजार ६ सय ७७ मत गणना हुँदा काँग्रेसका उम्मेदवार घनश्याम गिरीले २ हजार ४ सय १३ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले एक हजार ८ सय ९४ मत ल्याएका छन् । 


    images
    images

    Logo