images
images

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता


  • 472
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

    काठमाडौं । धरान उपमहानगरपालिकामा ३ हजार ५ सय मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा रहेका छन् । पछिल्लो मत परिणामअनुसार उनले १ हजार ३ सय ४० प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९ सय २२ प्राप्त गरेका छन् ।
     
    नेकपा (एमाले)की मञ्जु भण्डारीले ७ सय ६ मत प्राप्त गरेका छन्। उपमेयरमा गठबन्धनबाट नेकपा  (माओवादी केन्द्र)का आइन्द्रविक्रम बेघाले १ हजार ४ सय २९ र एमालेका पदम लिम्बूले ८ सय ४४ मत प्राप्त गरेका छन्।   हाल वडा नं १, २ र ३ को मत गणना जारी छ । यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा  १ र २ कांग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन् । 

    धरान  २ मा एमालेका  राई विजयी 

    धरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राईले ६ सय ९५ मत विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका सुधीरसिंह लिम्बूले ६ सय २३ मत प्राप्त गरेका छन् । अन्य सदस्यमा भने  कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २ नं वडामा २०७४ को निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको थियो । 


    images
    images

    Logo