काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बिहान ७ बजेसम्म बालेनले १५८७ मत ल्याएका छन् ।
केशव स्थापित र सिर्जना सिंहबीचको मतान्तर भने घट्दै गएको छ । स्थापितको ८८७ मत आउँदा सिंहका ८२२ मत आएको छ ।
यसअघि बिहान ३ बजेको मतपरिणाम अनुसार त्यस्तै, केशव स्थापितले ८७१ मत ल्याउँदा काँग्रेृेसकी सिर्जना सिंहले ६९९ मत ल्याएकी थिइन् । यसले स्थापित र सिंहबीचको मतान्तर कम हुँदै गएको देखिन्छ ।