काठमाडौं । चाँगुनारायणको मेयरमा नेपाली काँग्रेसले अग्रता बनाएको छ । काँग्रेस उम्मेदवार जीवन खत्री ४९१ मतसहित अगाडि देखिएका हुन् । उनका निकटमत प्रतिद्वन्द्वी एमालेकी विना बास्तोलाले ४२८ मत ल्याएकी छिन् । तेस्रोमा रहेको राप्रपाका उम्मेदवार रवीन्द्रप्रताप शाहले २७३ मत ल्याएका छन् ।
उपमेयरतर्फ भने एमाले अगाडि देखिएको छ । यहाँ उपमेयरका उम्मेदवार रमेश बुढाथोकीले ५३६ मत ल्याउँदा काँग्रेसकी सुभद्रा काफ्लेले ४६३ मत ल्याएकी छिन् । राप्रकाकी मञ्जु कार्कीले २०५ ल्याएकी छिन् ।
१ नम्बर वडाको मतगणना भइरहेकोमा वाडध्यक्षमा काँग्रेसका सिजन कार्की ५७२ मतसहित अगाडि हुँदा एमालेका ईसोर थापा ५६० मतसहित पच्छ्याइरहेका छन् । तेस्रोमा रहेका राप्रपाका जनक थापाको १४७ मत आएको छ ।