काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुरको सूर्यविनायकमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा टक्कर देखिएको छ । जारी मतगणना अनुसार मेयरका लागि काँग्रेसका निशान ढुंगेलले १२३१ मत ल्याउँदा एमालेका वासुदेव थापाले ११९० मत ल्याएका छन् ।
उपमेयरमा भने एमाले अगाडि छ । एमालेकी सरिता भट्टराईले ११८६ मत ल्याउँदा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ८९९ मत ल्याएका छन् ।
वडाध्यक्षमा पनि एमाले नै अगाडि छ । वडा अध्यक्षमा एमालेका सानुकाजी कायस्ठले ११५६ मत ल्याउँदा काँग्रेसका भीमसेन श्रेष्ठले ६६४ मत प्राप्त गरेका छन् ।