images
images

मध्यपुरको वडा २ पनि काँग्रेसको पोल्टामा, मेयरमा अग्रता कायमै


  • 581
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    मध्यपुरको वडा २ पनि काँग्रेसको पोल्टामा, मेयरमा अग्रता कायमै

    भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि नेपाली काँग्रेस विजयी भएको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. २ को सबै मत गणना हुँदा  नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठले ९ सय ८८ मत प्राप्त गरी विजयी  भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा प्रकाश थापा मगरले ८ सय ९४ मत ल्याए । 

    त्यसैगरी वडा सदस्यमा काँग्रेसकै शेखर थापामगर विजयी भएका छन् । भने अन्य तीनजना सदस्यमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् ।

    पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले २ हजार ४ सय ७० मत पाएर अग्रता लिएका छनभने एमालेका मदनसुन्दर श्रेष्ठले २ हजार १ सय १३ मतसहित पछ्याई रहेका छन् । 

    उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले २४ सय ७० मत प्राप्त गरेकी छन् । त्यसैगरी  गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १६ सय ५३ मत ल्याएका छन् ।

    यसअघि थिमि–१ को वडाअध्यक्षमा नेपाली काँग्रेसका बाबुकाजी डंगोल १७ सय ६ मतसहित विजयी भएका थिए । त्यसैगरी वडाका तीन सदस्यमा  काँग्रेसका उमेदवार विजयी  भएका थिएभने एकमा एमाले उम्मेदवार विजयी बनेका थिए ।


    images
    images

    Logo