images
images

स्थगित भएको ललितपुरको महाङ्कालमा मतगणना पुनः सुरु


  • 393
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    स्थगित भएको ललितपुरको महाङ्कालमा मतगणना पुनः सुरु

    काठमाडौं । केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि स्थगित भएको महाङ्काल गाउँपालिकाको मतगणना पुनः सुरु भएको छ । 

    मतगणनाका क्रममा कतिपय मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि गणना स्थगित गरिएको थियो । उम्मेदवार र पार्टीका प्रतिनिधिसहित छलफलले हस्ताक्षर नभएकालाई बदर गर्ने सहमति भएपछि मतगणना सञ्चालन भएको हो । शुक्रबार राति १ बजेदेखि मत गणना सुरु भएकामा बिहान ७ बजे स्थगित भएको थियो । १७ मतपत्रमा हस्ताक्षर नभएको पाइएको थियो । 

    महाङ्काल गाउँपालिकामा जम्मा नौ सय मत गणना हुँदा नेपाली कांग्रेसका गणेश केसीको अग्रता रहेको छ । केसीले ४ सय १७, नेकपा एमालेकी कमला तामाङको ३ सय २४ मत र उपाध्यक्षमा नेकपा माओवादीकी डोल्मा लामाले ३८५ र नेकपा एमालेका पुरुषोतम हुमागाइँले २ सय ९२ मत ल्याएका थिए । 

    वडा नं ६ ठूला दुर्लुङबाट मतगणना सुरु भएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका विनोद चौरेलले ३ सय ६९ मत र एमालेका रमण बञ्जाराले २ सय ९८ ल्याएका छन् । महाङ्काल गाउँपालिकामा ९ हजार १२ मतदाता रहेकामा सात हजार छ सय मत खसेको छ । 

    यो ७७ दशमलव ९६ प्रतिशत हो । राति अबेर मात्रै मतपत्र आएपछि गणना सुरु भएको थियो । ललितपुरका अरू पालिकाजस्तै महाङ्कालमा नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनबाट निर्वाचनमा सहभागी छन् । हाल गणना भइरहेको वडामा भने नेपाली कांग्रेस र माओवादी छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् 


    images
    images

    Logo