images
images

प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित


  • 543
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले ३ हजार ३ सय ८४ मत पाप्तगरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६ सय ४ मत पाउनुभएको छ ।

    त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी हुनुभएको छ । उनले ३ हजार १३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७सय ३ मत पाप्त गरेका छन् । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गरेका थिए । 

    अहिलेसम्म डडेल्धुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले सात वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी, माओवादी केन्द्र एक, नेपाली कांग्रेस बीपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।


    images
    images

    Logo