पोखरा महानगरपालिकाको गठबन्धनका उम्मेदवार धनराज आचार्यलाइ उछिन्दै नेकपा एमालेले अग्रता हासिल गरेको छ । प्रारम्भिक मत परिणामअनुसार नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार आचार्यले ५० मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ६१ मत ल्याएर अग्रता हासिल गरेका छन् । पोखरा महानगरपालिकामा अहिले वडा नम्बर १ र १२ को मतगणनामा भइरहेको छ।