images
images

रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी


  • 620
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

    रोल्पा । रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

    रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो । दुवै उमेदवारले ५ सय ४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा (माओवादी केन्द्र) का प्रकाश डाँगी विजयी भएका छन् ।

    सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ । 


    images
    images

    Logo