भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं २,दुबाकोट को नयाँ मत परिणाम सार्वजनिक भएको छ । सो परिणाम अनुसार काँग्रेसले अग्रता हासिल गरेको छ । दोस्रोमा एमाले रहेको छ ।
२ सय मत गन्दा नेपाली काँग्रेसका प्रमुखका उमेदवार जीवन खत्रीले ६४, उप प्रमुखकी उमेदवार सुभद्रा काफ्लेले ५८ मत ल्याएका छन् भने वडा अध्यक्षमा ५३ मत आएको छ । त्यसैगरी एमालेका प्रमुखकी उमेदवार बिना बाँस्तोलाले ३९ र उप प्रमुखका उमेदवार रमेश बुढाथोकीले ५५ मत र वडा अध्यक्षमा ६१ मत ल्याएका छन् ।
त्यस्तै राप्रपा प्रमुखका उम्मेदवार रविन्द्र प्रताप शाहले ४२ मत ल्याएका छन् भने उपप्रमुखमा २५ र वडा अध्यक्षमा ५५ मत पाएका छन् ।