काठमाडौं । धादिङको ज्वालामुखीको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवारको अग्रता देखिएको छ । वडा नम्बर १ को प्रारम्भिक मतगणनामा मेयरका उम्मेदवार यामनाथ दनैले अग्रता बनाएका हुन् ।
दनैले ४२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिराम लोहनीले ३७ मत पाएका छन् । उपाध्यक्षमा भने एमालेका चन्द्रकुमारी अधिकारीले ३७ मतसहित अग्रता हासिल गरेकी छन् । उनका प्रतिस्पर्धी धर्मबहादुर अर्याल २८ मतसहित दोस्रो छन् ।
वडा नम्बर १ लाई एमालेको गढ मानिन्छ । अघिल्लो चुनावमा एमालेले सदर मतको २ तिहाइ भन्दा बढी प्राप्त गरेको यो ठाउँमा अहिले मेयरमा काँग्रेस उम्मेदवारले अग्रता बनाएका हुन् ।
वडाध्यक्षमा भने एमालेका कृष्ण गिरीले ३५ मत पाउँदा काँग्रेसका इश्वर आलेले ३० मत पाएका छन् । यहाँ अध्यक्ष र उपाध्यक्षका लागि काँग्रेस र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।



