images
images

सुरु भयाे पोखरा महानगरको मतगणना 


  • 418
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    सुरु भयाे पोखरा महानगरको मतगणना 

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा आज दिउँसो ४ः१५ बजेदेखी मतगणना सुरु भएको छ । यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको । 

    पोखरा–१२ बाट अहिले गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयो । अहिले नगर विकास समितिको हलमा गणना भइरहेको छ ।

    पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकामा १ लाख ४३ हजार २ सय २८ मत खसेको थियो । पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादीका) धनराज आचार्य र नेकपा(एमाले)बाट कृष्ण थापाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ ।


    images
    images

    Logo