भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका १ नम्बर वडामा मेयर र वडाध्यक्षमा नेक टू नेक प्रतिस्पर्धा भएको छ भने उपमेयरमा एमालेले अग्रता हासिल गरेको छ ।
३ सय मत गणना हुँदा एमालेका प्रमुखकी उमेदवार बिना बाँस्तोलाले १ सय ३ मत ल्याएर अग्रता लिएकी छिन् भने नेपाली काँग्रेसका प्रमुखका उमेदवार जीवन खत्रीले १ सय २ मत ल्यएर उनलाई पच्छ्याइरहेका छन् ।
त्यस्तै, एमालेका उप प्रमुखका उमेदवार रमेश बुढाथोकीले १ सय २० मत र वडा अध्यक्षले १ सय १४ मत ल्याएका छन् । त्यसैगरि नेपाली काँग्रेसमा उप प्रमुखकी उमेदवार सुभद्रा काफ्लेले ८८ मत र वडा अध्यक्षले १ सय २२ मत पाएका छन् ।