भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणनाको पहिलो नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार, नेपाली कांग्रेस, नेकपा एमाले बिच कडा टक्कर देखिएको छ ।
पहिलो १ सय मत गन्दा नेपाली काँग्रेसका प्रमुखका उमेदवार जीवन खत्रीले ३५, उप प्रमुखकी उमेदवार सुभद्रा काफ्लेले ३१ मत ल्याएका छन् । त्यसैगरी एमालेका प्रमुखकी उमेदवार बिना बाँस्तोलाले ३४ र उप प्रमुखका उमेदवार रमेश बुढाथोकीले ३७ मत ल्याएका छन् ।
त्यस्तै राप्रपाका रविन्द्र प्रताप शाहले १६ मत पाएका छन् ।