images
images

सुर्यविनायक काँग्रेसले घटायो मतान्तर, थिमिमा अझै काँग्रेस अगाडि


  • 532
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    सुर्यविनायक काँग्रेसले घटायो मतान्तर, थिमिमा अझै काँग्रेस अगाडि

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रेसले अग्रता अझै कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को १६ सय मत गणना हुँदा  नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले ८ सय ३९ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले ५ सय ९४ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले ७ सय ५ मत प्राप्त गरेकी छन् । त्यसैगरी  गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ५ सय ४४ मत ल्याएका छन् ।

    त्यस्तै वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोलले ६७ सय ९४ मतसहित अगाडि रहेका छन् । त्यसैगरी वडाको सबै प्यानलमा कांग्रेस उमेदवार अगाडि रहेका छन् ।

    उता सुर्यबिनायक नगरपालिकाको वडा नं १ को गणनामा नेकपा एमालेका नगर प्रमुख र उप प्रमुखका उमेदवारले अग्रता कायम गरेका छन् । एमाले उमेदवार बाशुदेव थापा र सरिता भट्टराईले ३१२((३२९ मत पाएका छन् । 

    उनीहरूका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट प्रमुखका उमेदवार   निशान ढुंगेल र उप प्रमुखका उमेदवार एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले २६९ र १२७ मत पाएका छन् ।


    images
    images

    Logo