images
images

गोरखा नगरपालिका १ मा काँग्रेस विजयी, माओवादी फराकिलो अन्तरले पराजित


  • 340
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    गोरखा नगरपालिका १ मा काँग्रेस विजयी, माओवादी फराकिलो अन्तरले पराजित

    काठमाडौं । गोरखा नगरपालिकामा १ को वडाअध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी  विजयी भएका हुन् । 
      
    उनका का निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र्) का गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा गर्न भने बाँकी  छ ।
      
    वडा नं १ मा काँग्रेस प्रमुख पदका उम्मेदवार राजनराज पन्तले ४८३ र उपप्रमुख मसलीमाया थोकरले ४९५ मत प्राप्त गर्नुभएको छ । 

    त्यस्तै माओवादीका प्रमुख पदका उम्मेदवार कृष्णराना मगरले ३८६ मत प्राप्त गरेका छन् । मतपरिणामअनुसार विजयी कांग्रेस महिला सदस्यका उम्मेदवारले ४६७, दलित सदस्यमा ४८०, पुरुष खुला सदस्यमा ५२३ र महिला खुला सदस्यका उम्मेदवारले ५१४ मत ल्याएर विजयी भएका हुन् । वडा नं १ मा कूल एक हजार २१२ मत खसेको थियो ।


    images
    images

    Logo