भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रेसले अग्रता थप बढाएको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नम्बर १ को १२ सय मत गणना हुँदा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ६ सय ४२ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले ४ सय ३५ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले ५ सय १० मत प्राप्त गरेकी छन् । त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ४ सय ३८ मत ल्याएका छन् ।
त्यस्तै वडाअध्यक्षमा नेपाली काँग्रेसका बाबुकाजी डंगोलले ६ सय ९ मतसहित अगाडि रहेका छन् । त्यसैगरी वडाको सबै प्यानलमा काँग्रेस उमेदवार अगाडि रहेका छन् ।
उता सुर्यविनायक नगरपालिकाको वडा नं १ को गणनामा नेकपा एमालेका नगर प्रमुख र उपप्रमुखका उमेदवारले अग्रता कायम गरेका छन् । एमाले उमेदवार बाशुदेव थापा र सरिता भट्टराईले २१८÷२१८ मत पाएका छन् ।
उनीहरूका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार निशान ढुंगेल र उपप्रमुखका उमेदवार एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ८७ र ८० मत पाएका छन् । त्यस्तै राप्रपाका प्रमुख र उप प्रमुखका उमेदवारले ७४ र ७० मत पाएका छन् ।
भक्तपुर नगरपालिकामा शनिबार बिहान ८स्३० वजेदेखि मतगणना शुरू भएको बताइएको छ । त्यसैगरी जिल्लाको चाँगुनारायण नगरपालिकामा पनि १०स्१५ देखि मतगणना शुरू भएको निर्वाचन कार्यालयले जनाएको छ ।



