काठमाडौं । बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा जनता समाजवादीले एमालेलाई धोखा दिएको देखिएको छ । पहिलो चुनावी मतपरिणाम अनुसार मेयरमा एमालेले जसपालाई सघाउँदा जसपाले भने एमालेलाई नसघाएको देखिएको हो ।
यहाँ जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए। जसपाका मेयर उम्मेदवारले २५५ मत ल्याउँदाकाँग्रेसका उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन्।
उपमेयरमा भने काँग्रेस अगाडि छ । यहाँ काँग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ मत ल्याउँदा एमालेका उम्मेदवारले ६२ मत ल्याएका छन्।