भक्तपुर ।मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता थप बढाएको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को ८ सय मत गणना हुंदा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ४ सय ३७ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले २ सय ८६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले ३ सय ६६ मत प्राप्त गरेकी छन् । त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले २ सय ९६ मत ल्याएका छन् ।त्यस्तै वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोलले ४ सय १३, नेकपा एमालेका कृष्णकुमार प्याथले १ सय ९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यमा कांग्रेसका सरस्वती खड्काले ४ सय ३, नेकपा एमालेका राधा हुमागाईंले ३०८, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियारले ४ सय ७, एमालेका खुस्बु परियारले ३ सय २, खुल्ला सदस्यमा कांग्रेसका कान्छाराम द्धारेले ३ सय ८४, नेकपा माओवादी केन्द्रमा रमेश तामाङले २ सय २८, एमालेका श्याम प्रजापतिले ३ सय ६६ र सुरेश बुढाथोकीले ३ सय १५ मत प्राप्त गरेका छन ।



