images
images

१११ वर्षीय वृद्धाद्वारा मतदान


  • 366
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    १११ वर्षीय वृद्धाद्वारा मतदान

    काठमाडौं । इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १ सय ११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेकी छिन् ।

    उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताइन् । 

    उक्त केन्द्रमा कूल ३ हजार ३९ मतदातामध्ये १ हजार ४ सय ४२ महिला र एक हजार ५ सय ९७ पुरुष मतदाता रहेको बताइएको छ ।


    images
    images

    Logo