भक्तपुर । भक्तपुर जिल्लाका चार#वटै नगरपालिकामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा करिब ७० प्रतिशत मतदान भएको बताइएको छ ।
बिहान ७ बजे सुरू भएको मतदान अन्यत्र सबै स्थानमा पाँच बजे सकिएपनि चाँगुनारायण केन्द्रमा ६ः३० बजे मात्र सम्पन्न भएको जनाइएको छ ।
मतदान सम्पन्न भएका स्थानमा मचुल्का उठाएर मतपेटिका मतगणना स्थलमा ल्याउने काम सुरू भएको जिल्ला निर्वाचन कार्यलय भक्तपुरका प्रमुख नरेन्द्र प्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार आजै रातीदेखि मतगणना कार्य सुरू गर्ने गरि तयारी भइरहेको छ ।