विराटनगर । उदयपुरको कटारीमा दुई पक्षबिच झडप भएको छ । सो झडपलाई नियन्त्रणमा लिनका लागि पैहरीले ८ राउण्ड हवाइ फायर गरेको हो ।
उदयपुरको कटारी १० स्थित जनता कालिका मावि मतदान केन्द्रमा सो घटना हुँदा प्रहरीले ८ राउण्ड हवाइ फायर गरेको छ ।
मतदानस्थलमा स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रदेश १ का प्रहरी प्रवक्ता नविन राज राईले जानकारी दिएका हुन् । सो घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।