काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान कार्य सकिएपछि मतगणना आजै साँझबाट सुरु हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदान सकिएपछि आज साँझबाट नै मतगणना सुरु हुने भएको हो ।
मतदान कार्य सकिएपछि मुचुल्का उठाएर सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यलय पुर्याएर सर्वदलीय बैठकको छलफल लगत्तै मतगणना सुरु हुने आयोगले जनाएको छ।
निर्वाचन आयोगले बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ। ५ बजेपश्चात मतदान बन्द हुनेछ भने मतपेटिकालाई मतगणना गर्ने स्थलमा लगिने छ।
कूल ७ सय ५३ स्थानीय तहका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । “दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेकाे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।



