images
images

बैंक सञ्चालनमा कडाइ, वाणिज्य बैंकले तीन र विकास बैंकले २ शाखा २० प्रतिशतमात्रै कर्मचारी राखेर सञ्चालन गर्न पाउने 


  • 629
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    बैंक सञ्चालनमा कडाइ, वाणिज्य बैंकले तीन र विकास बैंकले २ शाखा २० प्रतिशतमात्रै कर्मचारी राखेर सञ्चालन गर्न पाउने 

    काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ गरेको छ । अब उप्रान्त वाणिज्य बैंकहरूले प्रधान कार्यालय र तीन वटा शाखा खोल्न पाउने छन् भने विकास बैंकले प्रधान कार्यालय र दुईवटा शाखा खोल्न पाउने व्यवस्था गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

    ‘बैंकहरूले न्यूनतम कर्मचारी राखेर सीमित बैंकिङ कार्यालय खोल्न निर्देशन दिएका हौं,’ उनले भने ‘ सवारी साधन सञ्चालन गर्ने समय तोकिएको छ ।’ अब उप्रान्त बैंकहरू २० प्रतिशतमात्रै कर्मचारी राखेर कार्यालय सञ्चालन गर्नुपर्नेछ । 

    दिउँसो हुने सवारी चापलाई ध्यानमा राखेर सवारी साधन पनि बिहान ९ बजेदेखि १०.३० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्ममात्र सवारी साधन सञ्चालन गर्न पाइने छ । दिउासो हुने सवारी साधन चापलाई कम गर्न यस्तो व्यवस्था गरिएको प्रजिअ पराजुलीले बताए ।

    सरकारी सवारी साधनहरूलाई पनि यो व्यवस्था लागू हुनेछ । मंगलबार दिउँसो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले आगामी जेठ २० गतेसम्म लागू हुने गरी यो व्यवस्था गरेको हो । 


    images
    images

    Logo