images
images

संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने


  • 381
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने

    काठमाडौं । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ ।  स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए । 

    केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उनले जानकारी दिए । बुबालाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताए।


    images
    images

    Logo