images
images

भक्तपुरमा ५० प्रतिशत मतदान


  • 911
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    भक्तपुरमा ५० प्रतिशत मतदान

    भक्तपुर । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत भक्तपुरमा दिउसो १ बजेसम्ममा ५० प्रतिशत मतदान भएको छ ।बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदान सबैतिर शान्तिपूर्ण  रूपमा हुँदै आएको जिल्ला निर्वाचन कार्यलय भक्तपुरका प्रमुख नरेन्द्र प्रसाद न्यौपानेले बताए ।

    मुलुकभरमा १ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

    दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने उनले बताए ।

     


    images
    images

    Logo