काभ्रेको मतदान स्थलमा झडप भएको छ । काभ्रेको चौरी देउराली– कात्तिकमावृद्ध आफन्तको भोट कसले हालिदिने विषयमा विवाद भएको हो ।
जिल्ला प्रहरीका अनुसार एक जना वृद्धका आफन्तले कसले भोट हालिदिने भन्ने विषयमा विवाद हुँदा झडप भएको हो ।
झडपपछि मतपेटिका बाहिर निकालेर फालिएका छन् । सो झडपलाई मिलाउनका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
निर्वाचन आयोगका अनुसार देशभरका १५ मतदानस्थलमा मतदान रोकिएको छ। ४ ठाउँमा वर्षाका कारण ढिला गरी मतदान सुरु भएको छ।