काठमाडौं । रामेछापको दुई मतदान केन्द्रमा झडप भएको छ । मतदान केन्द्रका् झडपलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । रामेछापको सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा सो घटना भएको हो ।
सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एक अर्का बिच कुटपिट गरेपछि सो घटना सुरु भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।
ठाडादेवी गाउँपालिकाको वडा नं. १ मा चाहिँ अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको छ। प्रहरीले खाँणादेवीमा ७ राउण्ड गोली चलाएको छ भने सैलुङमा २ राउण्ड हवाई फायर गरेको छ ।