images
images

स्थानीय तह निर्वाचन सुरु, बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता


  • 357
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    स्थानीय तह निर्वाचन सुरु, बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता

    काठमाडौं । शुक्रबार बिहान ७ बजेदेखि नेपालभर मतदान सुरु भएको छ । स्थानीय निर्वाचन २०७९ मा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।

    भक्तपुरको मध्यपुर थिमि १ लोकन्थली केन्द्रबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज बिहान ७ बजे मतदान गरेर मतदानको शुभारम्भ गरेका छन् ।

    matadata 1.jpg

    निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनालाई मताधिकार छ । देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ । ७९ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने जनाए पनि ६५ वटाले मात्रै उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन् ।

    matadata.jpg

    मुलुकका ७ सय ५३ स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका ३ सय ५५ र स्वतन्त्रबाट उठेका ३५ सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले ३४ हजार ८ सय ३१ पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन् ।


    images
    images

    Logo