काठमाडौं । एफवान सफ्ट समूहका अध्यक्ष विश्वास ढकाल रेस्ट अफ वर्ल्डले सार्वजनिक गर्ने विश्वका प्रविधि जगतका १ सय चेन्जमेकर्सहरुको सूचीमा परेका छन्। ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को १ सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको क्षेत्रमाकामगर्ने नवीनखोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधिगर्ने पश्चिमा देशबाहेककासय जनालाई यो सूचीमा समावेश गरिन्छ ।
ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ? कसरी उद्यमीहरूलाई लगानीगरिन्छ र कसरी प्राविधिक प्रयोग कर्तालाई उनीहरूको स्थानीय बजार भन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वल्र्डको सम्पादकीय टिमले जनाएको छ । ‘रेष्ट अफ वल्र्ड’को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ ।
टेक्नोलोजी इको सिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ । ‘रेष्ट अफ वल्र्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरू, उदीयमान उद्यमीहरू र खुलाएवं समता मुलक भविष्यका लागिकाम गर्नेव्यक्तिहरूलाई समावेश गरिन्छ ।
सूचीमा समावेश भएपछि एफवान सफ्ट गु्रपका अध्यक्ष ढकालले भने, ‘मैले सधैँ मेरो देशमा आमुल परिवर्तनको परिकल्पना गरेको छु, जहाँ सबैलाई डिजिटल फाइनान्स मार्फत सशक्त बनाइन्छ ।’ ‘रेष्ट अफ वल्र्ड’ले आफ्नो परिकल्पनालाई पहिचान गरेर सूचीमा समावेश गरेकोमाआभार व्यक्तगर्दै उनले भने, ‘म विश्वस्त छुकियसले सार्थक परिवर्तन ल्याउन सहयोग गर्नेछ ।’
यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भएका थिए भने अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडर सिपप्रोग्राम र ग्लोबल उद्यमीसमिट २०१६ मा नेपालबाट चयनपनि भएका थिए ।
रेस्ट अफ वर्ल्डले ढकाल नेतृत्वको कम्पनीले निर्माण गरेका १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैंकहरुले कुनै न कुनै एउटा प्रयोग गर्ने उल्लेख गरेको छ।
जसमा फोनपे, इसेवालगायत रहेको उल्लेख गरिएको छ। सन् २००४ मा इन्टरनेट र स्मार्टफोनको प्रयोग नेपालमा न्यून हुँदा नै एफवान सफ्ट स्थापना गरिएको थियो।
ढकालले २००४ देखि अहिलेसम्म डिजिटल भुक्तानीको नीतिगत सुधारदेखि लगानीमा रहेको चुनौतीलाई आत्मसाथ गर्दै एफवानसफ्टलाई विस्तार गर्दै लगेको उल्लेख रेस्ट अफ वर्ल्डले गरेको छ।
अझै ९५ प्रतिशत जनसंख्या नगद कारोबारमै रहेको भन्दै ढकाल फोनपेको विस्तारमा अझै आक्रामक भएर अघि बढ्ने बताएका छन्। १ करोड ८० लाख प्रयोगकर्ताहरुलाई अनलाइन भुक्तानी गर्न सहज बनाउनमा ढकालको ध्यान केन्द्रित रहेको बताइएको छ।



