images
images

नाममात्रको नमूना मतदान


  • 511
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    नाममात्रको नमूना मतदान

    भक्तपुर । भोली शुक्रवार सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई सफल पार्न भक्तपुरमा आयोजना गरिएको नमूना मतदान नाम मात्रको भएको छ । 

    जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मध्यपुर थिमिनगरपालिका अन्तर्गतको कृषि विकास तालिम केन्द्रमा आयोजना गरेको नमूना मतदानमा न सर्वसाधारण सहभागि भएन त उपयुक्त व्यवस्थापन नै । कार्यक्रममा मतदातालाई सहभागिता गराउंन नसक्दा कार्यक्रम औपचारिकतामा मात्र सिमित भएको अधिकांश सहभागिको गुनासो थियो ।

    नमूनामतदान अवलोकन गर्न प्रमुखजिल्ला अधिकारी रुद्रदेवीशर्मा, नेपाली सेनाको इन्द्रबक्स गणका गणपती श्यामराजा बिक्रम थापा, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठ, सशस्त्रप्रहरी बल नं.२२ गणकाप्रमुख नरबहादुर रावत उपस्थित भएका थिए । 

    टोलीमा राष्ट्रिय अनुसन्धान विभागका भक्तपुर प्रमुख टेकराज तिमल्सिना, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणीपन्थी लगायतको टोली, केहि सञ्चारकर्मी उपस्थित भएपनि सर्वसाधारण मतदातार राजनीतिकदलका प्रतिनिधि उपस्थित नहुंदा मतदाननाम मात्रको भएको पत्रकार महासंघ भक्तपुरका विर्तमान अध्यक्ष पुष्कर राज बुढाथोकीले बताए ।

    2.jpg


    बुढाथोकीका अनुसार, यसअघि २०७४ सालमा सुर्यविनायक नगरपालिकाको कटुञ्जेमा आयोजित नमूनानिर्वाचन भव्य रुपमा सम्पन्न भएको थियो । त्यतिवेला आयोजित नमूनामतदानले पुरै निर्वाचनको झल्को दिएपनि यस पटक आयोजना गरिएको नमूना निर्वाचननाम मात्रको मात्रभएको सहभागिहरुको भनाई छ । 

    नमूना निर्वाचनमा केहि कर्मचारीले मतदान गरेका थिए । पछि सोहि स्थानमा मतगणनाको काम समेत सम्पन्न भएको थियो । यस पटक घरघरमा मतदाता शिक्षा समेत नदिएको अवस्थामा नमूना निर्वाचन बृहत रुपमा गरेर सर्वसाधारण मतदातालाई मतदानबारे जानकारी दिनुपर्नेमा नाममात्रको कार्यक्रम गर्दा मत धेरै बदर हुने सम्भावना रहेको राजनीतिकदलकै नेताहरु बताउंछन् । 

    3.jpg

     

    नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नमूना मतदानबारे नेपालीकांग्रेस जिल्लाकार्य समितिलाई कुनै जानकारी नरहेको बताए । त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले पनि नमूना निर्वाचनबारे कुनै जानकारी नपाएको बताए । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्र प्रसादन्यौपाने मौन अवधि भएका कारण दलहरुलाई खवर नगरी स्थानीय तहसंगको समन्वयमा नमूना निर्वाचनको कार्यक्रम आयोजना गरिएको बताए । मतदान स्थलमा सर्वसाधारणको उपस्थिति रहेपनि मतदानमा भने सहभागिता कम भएको न्यौपानेले स्वीकारे । 

    4.jpg

     

    मतदानका लागि जिल्लाका चार वटा नगरपालिकाका ७७ वटा मतदान स्थलका २ सय १९ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन कार्यालयका अनुसार,भक्तपुर नगरपालिकाका १६ मतदानस्थलमा ६२, चांगुनारायणका २१ मतदानस्थलमा ५३, मध्यपुर थिमिनगरपालिकाका १७ मतदानस्थलका ४६ र सूर्यविनायकनगरपालिकाका २३ मतदानस्थलमा ५८ मतदान केन्द्र  तोकिएका छन् । 

     


    images
    images

    Logo