images
images

बुद्ध एयरले जेठबाट रात्रिकालिन उडान गर्ने


  • 470
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    बुद्ध एयरले जेठबाट रात्रिकालिन उडान गर्ने

    काठमाडौं ।  बुद्ध एयरले जेठ १ गतेबाट रात्रिकालिन उडान गर्ने भएको छ । एयरले तत्कालका लागि जनकपुर, नेपालगञ्ज,  विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा सेवा दिने भएको छ ।  यस्ता उडान राती ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने भएको छ ।  नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थल १८ घण्टा खुला राख्ने निर्णय गरेसँगै कम्पनीले ६ वटा विमानस्थलमा रात्रिकालिन उडान गर्न लागेको हो ।

    कम्पनीले रात्रिकालीन उडान हुने गन्तव्यहरूमा सार्वजनिक यातायातको सुविधाका लागि प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरेको छ।  रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि कम्पनीले जनाएको छ । 


    images
    images

    Logo