काठमाडौं । विद्युत नियमन आयोगले २ हाइड्रोपावरलाई मर्जरका लागि अनुमति दिएको छ । बिहिबार रिडी हाइड्रोपावर डेभलपमेण्ट र रैराङ हाइड्रोपावर डेभलपमेण्टले मर्जरकालागि अनुमति पाएका हुन् ।
उक्त दुई हाइड्रोपावरले एक आपसमा गाभिने सहमति भई आयोगमा गत पुष २६ गते मर्जरको अनुमति माग्दै निवेदन पेश गरेका थिए । दुई हाइड्रोपावर गाभिएपछिको संयुक्त चुक्त पुँजी १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ हुने भएको छ ।