images
images

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक


  • 396
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

    काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालयले बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि टिपर सञ्चालनमा राेक लगाएकाे हाे । राती सञ्चालन हुदै आएका टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए ।

    त्यससँगै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित बातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने जनाइएको छ ।

    त्यस्तै उक्त कार्यालयले निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यही वैशाख २६ गतेदेखि  ३१ गतेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाइसकेको छ । तोकिएको समयसम्म जिल्लाभर मादक पदार्थ बिक्री वितरण र उपभोगलाई पूर्णरूपमा निषेध गरिएको हो  । जिल्लामा १३ वटा स्थानीय तहका १ सय ८९ मतदानस्थलका ३ सय ८१ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्दैछन् ।


    images
    images

    Logo