काठमाडौं । २ दिने बिदाको निर्णय विद्यालयमा पनि लागु हुने भएको छ । शिक्षा मन्त्रालयको वुधबारको बैंठकले शनिबार र आइताबार निजी तथा सार्वजनिक शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । योसँगै शुक्रबारको आधा छुट्टि कटौति गरिएको छ ।
२ दिन बिदाको निर्णयसँगै बिद्यालयहरुले दिन पाउने छुट्टिमा व्यापक कटौति गरिएको छ । अब ती विद्यालयहरुले शनिबार, आइतबार र अन्य सार्वजनिक बिदा बाहेक ३० दिन मात्र विदा दिन पाउने छन् ।
यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो ।