images
images

९ महिनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले घट्यो


  • 286
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    ९ महिनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले घट्यो

    काठमाडौं ।  ९ महिनामै मुलुकको विदेशी मुद्रा सञ्चिति अमेरिकी डलर १८.२ प्रतिशतले घटेको छ । असार मसान्तमा मुल्य सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेकोमा चैत मसान्तमा १८ प्रतिशतले कमी आई ९ अर्ब ३१ करोड कायम भएको हो । 

    नेपाली मुद्रामा भने विदेशी मुद्रा सञ्चिति करिब १६ प्रतिशतले घटेको छ । असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेकोमा चैत मसान्तसम्म आउँदा ११ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँमा झरेको छ । 

    आर्थिक वर्ष २०७८र७९ को ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले करिब ७ महिनाको वस्तु आयात र साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

     


    images
    images

    Logo